काँग्रेस संगठित हुनुको विकल्प छैन – महामन्त्री कोइराला

काँग्रेस संगठित हुनुको विकल्प छैन – महामन्त्री कोइराला


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ फाल्गुन २०७४
  • 5.9K
    Shares

पोखरा – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

लमजुङको उदिपुरमा विहिबार आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताएका हुन् । नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको उनको दाबी थियो ।

प्रजातन्त्र सेनानी एवम् उदिपुरस्थित जनकल्याण माविका संस्थापक स्व रोहिणीराज त्रिपाठीको शालिक अनावरण गर्न लमजुङ आई पुगेका नेता कोइरालाले काँग्रेसलाई फर्केर हेर्दा धेरै योद्धा रहेको भन्दै संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

समानुपातिकको मतको आधारमा पनि काँग्रेसलाई विश्लेषण गर्नुपर्ने भन्दै उनले गिरिजाबाबुले भनेजस्तै काँग्रेसलाई संगठित र पुरानै स्तरमा पु¥याउने दाबीसमेत गरे।

‘काँग्रेसलाई जनमत पटक्कै नभएको हैन’ कोइरालाले भने, ‘जनताको चाहना काँग्रेसभित्रको सुदृढीकरण हो, अब नेतृत्वले यसलाई मनन गर्नुपर्छ।’

स्व त्रिपाठीको पहलमा प्राविबाट स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ११ सम्म पठनपाठन हुन्छ । विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ।

रासस

प्रतिक्रिया