हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ। आगलागीको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दका अनुसार आगलागी भएको जानकारी आए पनि हालसम्म क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन। टेलिफोन सम्पर्कमा समस्या भएका कारण घटनाबारे थप जानकारी लिन कठिनाइ भइरहेको उनले बताए।
प्रहरीका अनुसार घटनाबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ। स्थानीयका अनुसार गाउँपालिका कार्यालयको महत्त्वपूर्ण कागजात तथा स्रेस्ता राखिएको कोठामा समेत आगलागी भएको छ।
आगलागीको कारण भने अझै खुल्न सकेको छैन। घटनाको विस्तृत विवरण तथा क्षतिको यकिन अवस्था प्रहरीले संकलन गरिरहेको जनाएको छ।