हेटौँडामा श्रीमान् घरभित्र मृत भेटिए : श्रीमती भान्सामा घाइते

हेटौँडामा श्रीमान् घरभित्र मृत भेटिए : श्रीमती भान्सामा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ कार्तिक २०८३
  • 19
    Shares

मकवानपुर, , ६ कार्तिक २०८३ ।

हेटौँडामा श्रीमान् घरभित्र मृत भेटिएका छन् भने उनको श्रीमती भान्सामा घाइते अवस्थामा फेला परेकी छिन।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-८, भावना मार्गका अन्दाजी ४५-४६ वर्षीय शंकर कार्की आफ्नै घरभित्र मृत भेटिएका हुन् भने उनको ४० वर्षीया श्रीमती चरिमाया कार्की भान्सा कोठामा घाइते अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान करिब ९:४५ बजे श्रीमान्-श्रीमतीबीच विवाद भएको भन्दै प्रहरीमा खबर आएको थियो। उक्त खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरीले शंकर कार्की घरभित्र झुन्डिई मृत अवस्थामा भेट्टाएको थियो भने उनकी श्रीमती चरिमाया घाइते फेला परेकी थिइन्।

घाइते महिलालाई उपचारका लागि अस्पताल पठाइएको र घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार