स्याङजामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी बाँच्न सफल

स्याङजामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी बाँच्न सफल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ कार्तिक २०८३
  • 1.4K
    Shares

स्याङजा, ६ कार्तिक २०८३ ।

स्याङजामा आज स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु भएको छ भने उनको छोरी बाँच्न सफल भएकी छिन।

स्याङजाको बिरुवा गाउँपालिका ३ ठाटीस्थित राङखोला बिरुवा सडकखण्डमा ग २६ प १३५० नं.को स्कुटर दुर्घटना हुँदा स्कुटरचालक बिरुवा गाउँपालिका २ की ३९ वर्षीया रेवती गुरुङको मृत्यु भएको हो।

सोही दुर्घटनामा परी स्कुटर पछाडी सवार उनको छोरी बर्ष १६ की गुञ्जन गुरुङ सकुशल रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए।

उक्त स्कुटर सडकभन्दा अन्दाजी ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार