जेन जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका कैदी फेरि पक्राउ

जेन जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका कैदी फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ कार्तिक २०८३
  • 760
    Shares

काठमाडौं ६ कार्तिक २०८३ ।

गएको जेन जी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल काठमाण्डौबाट भागेका एक कैदीबन्दी फेरि पक्राउ परेका छन्।

२०८२ भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्दै आएका ४३ वर्षीय चन्द्र दमाई केसी फेरि पक्राउ परेका हुन्।

उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा खोजतलास गरी काठमाण्डौको धर्मस्थली क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका केसीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार