रुकुम पश्चिम, ७ कार्तिक २०८३ ।
रुकुम पश्चिममा ढुङ्गाले हानेर ६ वर्षीय बालकको हत्या भएको छ।
/जिल्लाको बाफिकोट गाउँपालिका–२ स्वारामा स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको शुक्रबार साँझ करिब ५:३० बजे ढुङ्गाले हानेर हत्या भएको हो ।
प्रहरीका अनुसार, घर नजिकैको बाटोमा खेलिरहेका बालक रमेश नाथलाई सोही ठाउँ बस्ने ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए। ढुङ्गा लागेर गम्भीर घाइते भएका बालकलाई तत्काल स्वास्थ्य चौकी पिपल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले रिफर गरिएकोमा उपचारकै क्रममा शुक्रबार राति करिब १० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।
ढुङ्गा प्रहार गर्ने भक्तबहादुर नाथको मानसिक अवस्था ठीक नभएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीयहरुले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।