भारतको कैँची धाम पुगे रबि लामिछाने दम्पत्ति

भारतको कैँची धाम पुगे रबि लामिछाने दम्पत्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ कार्तिक २०८३
  • 779
    Shares

काठमाडौं , ६ कार्तिक २०८३।-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबि लामिछाने र उनको धर्मपत्नी निकिता पौडेल भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल कैँची धाम पुगेका छन्।

तीनदिने पारिवारिक एबम धार्मिक भ्रमणमा निकिएका लामिछाने दम्पत्ति भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल कैँची धाम पुगेका भन्दै उनको निजि सचिव अभिनाष आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उक्त भ्रमण दलमा आचार्य स्वयम् पनि सहभागी रहेका छन्।

उनले रातिको समयमा कैँची धाममा लिइएको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै लेखेका छन् – “जहाँ पाइला राखेपछि आत्मा हल्लिन्छ 🙏 कैँची धाम । नीब करौरी बाबा”

कैँची धाम के हो ?

कैँची धामलाई नीम करौली बाबा आश्रम पनि भनिन्छ। यो उत्तराखण्डको नैनीताल जिल्लाको कुमाउँ क्षेत्रमा, नैनीतालबाट करिब १७-२० किलोमिटर टाढा अवस्थित छ। हनुमान भक्तका रूपमा चिनिने सन्त नीब करौरी बाबा (महाराज जी) ले सन् १९६४ मा यस आश्रमको स्थापना गरेका हुन् । दुईवटा पहाडको कपाल झैँ कैंची जस्तो आकारमा जोडिएको भूगोलका कारण यसको नाम कैँची धाम राखिएको विश्वास गरिन्छ।

समुद्री सतहबाट करिब १४०० मिटर उचाइमा, कोसी नदी किनारमा रहेको यो धाम आध्यात्मिक शान्तिको केन्द्र मानिन्छ। यहाँ एप्पलका संस्थापक स्टिभ जब्सदेखि फेसबुकका मार्क जुकरबर्गसम्मले भ्रमण गरेपछि यो धाम विश्वभर चर्चित बनेको हो।

पछिल्लो समय नेपाली कलाकारहरू पनि आध्यात्मिक यात्राका लागि कैँची धाम जाने क्रम बढेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार