नेपाल प्रहरीका एसएसपी लालबाबु गिरी भ्रस्टाचारी ठहर : पांच हजार रुपियाँ जरिवाना

नेपाल प्रहरीका एसएसपी लालबाबु गिरी भ्रस्टाचारी ठहर : पांच हजार रुपियाँ जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ भाद्र २०८३
  • 1K
    Shares

ssp_lalbabu_giri-1, एसएसपी लालबाबु गिरी

काठमाडौं , ५ भदौ २०८३।

नेपाल प्रहरीका प्राविधिक एसएसपी लालबाबु गिरी दोषी भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

नेपाल प्रहरीमा बढुवा हुन भारतको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका एसएसपी गिरिलाई विशेष अदालतले भ्रस्टाचारी ठहर गरेको हो।

न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलाशले भ्रस्टाचार मुद्दामा बिहिबार दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना सुनाएको प्राप्त समाचारमा जनाइएको छ ।

बिहारमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी उनले ०५२ सालमा नेपाल प्रहरीमा सइ पदबाट जागिर खाई पछिल्लो समय प्रहरी अस्पतालमा एसएसपीका रूपमा कार्यरत थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ८ पुसमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो। गिरीले पेश गरेको रोल नम्बर ७१८ नम्बरको क्रमसंख्या नभेटिएको भनेर बिहार स्कुल अफ इक्ज्यामिनेस बोर्ड, पटनाले पत्र लेखेपछि विशेषले उनलाई दोषी ठहर गरेको हो ।

प्रतिक्रिया