तनहुँ, ८ भदौ २०८३।
चोरीको मोटरसाइकलसहित तनहुँबाट एक जना युवा पक्राउ गरेका छन्।
तनहुँको भिमाद नगरपालिका–२ जिलाङ भेटघाट चोकस्थित घरकम्पाउण्डभित्र पार्किङ गरिएको मोटरसाइकल चोरी गरेको आरोपमा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गाछेपानीमा बस्दै आएका २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका युवाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। तर उनले चोरी गरेको मोटरसाइकल शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित जंगलमा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।