दुर्गा प्रसाईं नेतृत्वको महाभियान र सरकारबीच भयो यस्तो १४ बुँदे सहमति

दुर्गा प्रसाईं नेतृत्वको महाभियान र सरकारबीच भयो यस्तो १४ बुँदे सहमति


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ भाद्र २०८३
  • 1K
    Shares

पोखरा, ६ भदौ २०८३।

नागरिक बचाउ महाभियानका संयोजक एबम मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूह र सरकारबीच १४ बुँदे सहमति भएको छ। 

शनिबार प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल र सरकारबीच सहमति भएको हो। सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय भएको छ।

​काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच भएको गहन छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको छ।

​सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। 

प्रतिक्रिया