पोखरा , ६ मंसीर २०८३।
नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाले शनिबार पोखरामा पार्टीको गण्डकी प्रसेश समितिको दोश्रो भेला उद्घाटन गरे। पोखरा सभामा आयोजित उक्त भेलामा देउबा दिउसो एक बजेदेखि झन्डै छ घण्टासम्म कार्यक्रमस्थलभित्र बसेर आफ्ना नेता – कार्यकर्ताहरुको सुनिरहे।
देउबा र महाधिबेशन आयोजक समितिका संयोजक सशांक कोइरालालगायतका नेताहरु सभागृहको अग्रस्थानमा रहेको मंचमा बसिरहेका थिए। झन्डै ४० जना नेताहरुले बोलेको उक्त कार्यक्रममा अधिकांश सबै नेताहरुले आफ्नो नेता शेर बहादुर देउबालाई मरणासन्न हुने गरी कुटिएको र देशी – विदेशी शक्तिको इशारामा पार्टी विभाजन गरिएको दोहोर्याई रहे। नेताहरुको पट्यार लाग्दो र एउटै खालको भाषण सुनेर दिक्क मंचासिन केही नेताहरु भने मंच छाडेर बाहिर निस्किएर फेरी मंचमै पुगेको देखिएको थियो। तर देउबा र कोइराला लगायत अन्य केही नेता भने निरन्तर मन्चमा नै बसिरहेका थिए।
मन्चमा बसेर भाषण सुन्दा सुन्दा दिक्क लागेको जस्तो अनुभूति गरेका नेता देउबा अधिकांश समय दुई वटा हात मिच्दै रगडेर आफूलाई नियन्त्रित गर्न खोजिरहेका देखिन्थे। कोइराला भने एकोहोरो लामो समय मन्चमा बस्दा दिक्क मानेको जस्तो उनको हलचलले देखिएको थियो।
झन्डै ३५ जना नेताले बोले पछि मात्र मन्चमा आसन ग्रहण गर्नेहरुका लागि कफीको व्यवस्था गरिएको थियो। त्यसपछि पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी, उपसभापति बिमलेन्द्र निधि, महाधिबेशन आयोजक समिति संयोजक सशांक कोइरालालाई बोल्न दिएको थियो। त्यसपछि बोल्ने पालो आएको पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले आफूमाथि मार्ने उद्देश्यले आक्रमण भएको गुनासो गरे।
झन्डै ३५ जनाको भाषण एकोहोरो सुनिरहे, उनले दुई हात रगडि रहे। पांच घण्टापछि एक कप कफी पाए।
झन्डै ३५ जनाको भाषण एकोहोरो सुनिरहे, उनले दुई हात रगडि रहे। पांच घण्टापछि एक कप कफी पाए।