उच्च अदालत पाटनका न्यायाधीशका अङ्गरक्षकले आफैले आफैंलाई गोली प्रहार गर्दा मृत्यु

उच्च अदालत पाटनका न्यायाधीशका अङ्गरक्षकले आफैले आफैंलाई गोली प्रहार गर्दा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ मंसिर २०८३
  • 190
    Shares

काठमाण्डौ, ४ मंसीर २०८३।

उच्च अदालत पाटनका एक न्यायाधीशका अङ्गरक्षक पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाले बताए । गोली प्रहारपछि घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

टोखा बस्दै आएका उनले बिहीबार साँझ टोखामा आफैंलाई गोली प्रहार गरेको एक अनुसन्धान अधिकृतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार