प्रधानमन्त्री बालेन शाहको भारतको दुई दिने राजकीय भ्रमण तालिका सार्वजनिक : भारतीय प्रम मोदीसंग ‘वान टु वान वार्ता’ गर्ने

प्रधानमन्त्री बालेन शाहको भारतको दुई दिने राजकीय भ्रमण तालिका सार्वजनिक : भारतीय प्रम मोदीसंग ‘वान टु वान वार्ता’ गर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ मंसिर २०८३
  • 1.6K
    Shares

काठमाडौं , १ मंसीर २०८३।

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भारतको दुई दिने राजकीय भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रमणमा नेपाल-भारतबीच लामो समयदेखि छलफलमा रहेका महत्वपूर्ण विषयमा सहमति हुने अपेक्षा गरिएको छ।

मंसिर ६ गते दिउँसो नेपाल एयरलाइन्सबाट दिल्ली पुग्ने प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारत सरकारका मन्त्रीले स्वागत गर्नेछन्। सोही दिन उनले भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै भेट गर्नेछन्। साँझ दिल्लीस्थित नेपाली दूतावासले उनको सम्मानमा डिनर आयोजना गर्नेछ। उनको बसाइ ताजमानसिंह वा ताज प्यालेसमध्ये एक होटलमा हुनेछ।

मंसिर ७ गते बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको कार्यक्रम हुनेछ, जसमा प्रधानमन्त्री मोदी पनि सहभागी हुनेछन्। त्यसपछि प्रधानमन्त्री शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

सोही दिन उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गर्नेछन्। त्यसपछि हैदराबाद हाउसमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता हुनेछ। पहिले ‘वान प्लस फोर’ र त्यसपछि ‘वान प्लस फोर्टिन’ ढाँचामा वार्ता हुने कार्यक्रम छ। वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्, तर प्रश्नोत्तर भने हुनेछैन।

अन्तमा राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री शाह सोही दिन दिउँसो ४:५० बजेको नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्कनेछन्।

भ्रमणमा आर्थिक सहयोग प्याकेज, हवाई सम्पर्क विस्तार र भारतीय सहयोगमा बनेका आयोजनाको संयुक्त उद्घाटनबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण तालिका यस्तो छ:

मंसिर ६ गते:

  • दिउँसो नेपाल एयरलाइन्सबाट काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान
  • दिल्ली विमानस्थलमा भारत सरकारका मन्त्रीले स्वागत गर्ने
  • गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै भेट
  • साँझ नेपाली दूतावासले आयोजना गर्ने डिनर
  • बसाइ ताजमानसिंह वा ताज प्यालेस होटलमा

मंसिर ७ गते:

  • बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनर, प्रधानमन्त्री मोदी पनि सहभागी हुने
  • राजघाटमा महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली
  • अर्थमन्त्री निर्मला सीतारमणसँग भेट
  • हैदराबाद हाउसमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता
  • पहिले ‘वान प्लस फोर’, त्यसपछि ‘वान प्लस फोर्टिन’ format मा वार्ता
  • वार्तापछि संयुक्त पत्रकार सम्मेलन, तर प्रश्नोत्तर नहुने
  • राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट
  • अन्तमा भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रेस ब्रिफिङ गर्ने
  • दिउँसो ४:५० बजेको नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फिर्ता

भ्रमण दलका १५ जना अधिकारीको खर्च भारत सरकारले र बाँकीको नेपाल सरकारले बेहोर्ने छ।

भ्रमणमा आर्थिक सहयोग प्याकेज, हवाई सम्पर्क विस्तार र भारतीय सहयोगमा बनेका केही आयोजनाको संयुक्त उद्घाटनबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार