नवलपुरको गैँडाकोटमा नबिल बैंकको एटीएम फुटाउने प्रयास : तनहुँका युवा पक्राउ

नवलपुरको गैँडाकोटमा नबिल बैंकको एटीएम फुटाउने प्रयास : तनहुँका युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ मंसिर २०८३
  • 152
    Shares

नवलपुर, १ मंसिर २०८३।

नवलपुरको गैँडाकोटस्थित नबिल बैंकको एटीएम फुटाउने प्रयास भएको छ।

गैँडाकोट नगरपालिका–४ कालिगण्डकी चोकस्थित नबिल बैंकको एटीएम मेसिन फुटाउने प्रयास भएको हो।

सोमबार बिहान करिब ३ बजेर १६ मिनेटको समयमा नबिल बैंकको एटीएम मेसिन फुटाउने प्रयास भएको हो।

कालिगण्डकी चोकस्थित नबिल बैंकको एटीएम मेसिन फुटाउने प्रयास भएको सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले झन्डै आधाघन्टामा नै तनहुँको ऋषिङ गाउँपालिका–६ घर भएका ३८ वर्षीय बासु रानाभाटलाई पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

अभियुक्त रानाभाटले एटीएम मेशीनको पैसा राख्ने स्टिलको बक्सको बाहिरी कभर फुटाएको अवस्थामा फेला परेको प्रहरीले दाबी गरेको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार