तनहुँ , २९ कार्तिक २०८३।
तनहुँमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको हो।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ४४१६ नम्बरको मोटरसाइकल व्यास नगरपालिका–१२ छिर्कनेमा शनिबार राति अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका भानु नगरपालिका–५ मैबल निवासी ३२ वर्षीय शम्भु विकको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।