रास्वपाको जम्बो टोली १० दिने भ्रमणका लागि चीन प्रस्थान

रास्वपाको जम्बो टोली १० दिने भ्रमणका लागि चीन प्रस्थान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० कार्तिक २०८३
  • 2.5K
    Shares

पोखरा, २९ कार्तिक २०८३ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जम्बो टोली १० दिने लामो भ्रमणका लागि आज चीन प्रस्थान गरेको छ।

महामन्त्रीसमेत रहेका सांसद विपीन कुमार आचार्यको नेतृत्वमा २० जनाको जम्बो टोली १ – दिन लामो भ्रमणका लागि आज चीन प्रस्थान गरेको हो। चीन भ्रमणमा जाने टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले विमानस्थलमा पुगेर बिदाइ गरेका थिए।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा उनीहरू चीन भ्रमणमा गएका हुन्। भ्रमण विशेष गरेर तीन वटा विषयमा केन्द्रित हुने महामन्त्री आचार्यले जानकारी दिए।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)सँग सम्बन्ध थप सुदृढ बनाउने, विपद् व्यवस्थानमा चीनको अनुभव लिने र चीनसँग आर्थिक तथा व्यवसायिक सहकार्य गर्नेलगायत विषयमा भ्रमण केन्द्रित हुने बताए।

भ्रमणका समयमा परराष्ट्र नीतिका विषयमा एक इन्च तलमाथि हुने पनि बताए। साथै उनले आफूहरूको भ्रमणमा राज्यकोषबाट खर्च नगरिने पनि जानकारी दिए।

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक रहेका छन्।

यस्तै अन्य भ्रमण सदस्यहरूमा सांसद रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार