पोखराको सराङकोट बाल सुधारगृहबाट १७ वर्षीय बालबन्दी फेरि फरार

पोखराको सराङकोट बाल सुधारगृहबाट १७ वर्षीय बालबन्दी फेरि फरार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ मंसिर २०८३
  • 19
    Shares

पोखरा, २९ कार्तिक २०८३ ।

पोखरा महानगरपालिका–१८ सराङकोटस्थित बाल सुधारगृहबाट आइतबार बिहान एक १७ वर्षीय बालबन्दी फरार भएका छन्।

सुधारगृह प्रमुख डाँसीराम रेग्मीका अनुसार बिहान साढे ७ बजेतिर पछाडिको पर्खाल नाघेर उनी जङ्गलतर्फ भागेका हुन्। रामेछाप घर भएका उनलाई दुईवटा चोरी मुद्दामा अदालतको आदेशअनुसार सुधारगृहमा राखिएको थियो।

यसअघि पनि उपचारका क्रममा प्रहरीलाई छक्याएर फरार भएका उनी २०८३ जेठ ४ गते इटहरीबाट पक्राउ परेका थिए। आइतबारको घटनापछि सुधारगृहबाट फरार भई अझै नफर्किएका बालबन्दीको संख्या नौ पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फरार बालबन्दीको खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार