रारातर्फ जाँदै गरेको हाईलक्स जिप मुगुमा छसय मिटर तल खस्यो : तीन जनाको मृत्यु, दुई घाइते

रारातर्फ जाँदै गरेको हाईलक्स जिप मुगुमा छसय मिटर तल खस्यो : तीन जनाको मृत्यु, दुई घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० कार्तिक २०८३
  • 2.9K
    Shares

mugu hiluxe accident

मुगु, २९ कार्तिक २०८३ ।

मुगुमा हाईलक्स जिप ६०० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडक खण्डमा आज अचानक सडकबाट करिब छसय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको हो भने दुई जना घाइते छन्।

उक्त दुर्घटनामा मृत्यु हुनेमा काठमाडौं कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, काठमाडौं निवासी ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ। सोही दुर्घटनामा परेर ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् । दुवै जनाको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमान्डमा १० जना र बी.सु. गार्ड ताल्चाबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा सात जना गरी १७ जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।प्रहरी टोलीले दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पुर्‍याएको थियो । दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन ।

चालकले मादक पदार्थ सेवन गरे/नगरेको लगायत दुर्घटनासम्बन्धी थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार