पोखरा, ३० कार्तिक २०८३ ।
कञ्चनपुरस्थित महेन्द्रनगरको वडा प्रहरी कार्यालयभित्रै कुटाकुट गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महेन्द्रनगरको वडा प्रहरी कार्यालयभित्रै दुई समूह बीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि त्यस कुटाकुटमा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भीमदत्त नगरपालिका-१७ बस्ने वर्ष २५ का बिशाल कोली तथा भीमदत्त नगरपालिका-०५ का पांच जना युवाहरु रहेका छन्। पक्राउ परेका अन्यहरुमा ५८ का राम बहादुर लुहार, वर्ष २२ का राजेश लुहार, वर्ष २६ का रोहित लुहार
वर्ष २२ का रोशन लुहार र वर्ष २७ की निशा लुहार रहेका प्रहरिले जानकारी दिएको छ।
उक्त घटना आइतबार दिउँसो ४:१० बजेको भएको र त्यस समयमा कार्यालय प्रमुख इन्स्पेक्टर दर्शन खड्का भने कार्यालयमा उपस्थित नरहेको बताइएको छ।
प्रहरीका अनुसार, मिति २०८३।०७।२६ गते भीमदत्त नगरपालिका वडा नम्बर ०५ बस्ने रोशन लुहारलाई सोही ठाउँ बस्ने राजेश लुहार र वडा नम्बर १७ बस्ने बिशाल कोलीले हातपात तथा झै-झगडा गरेको भन्दै निवेदन परेको थियो ।
सोही निवेदनमाथि आवश्यक छलफलका लागि पक्ष-विपक्षका मानिसहरू कार्यालयमा आउने क्रममा गेट अगाडि नै बादविवाद एवम् झै-झगडा भएको प्रहरीले जनाएको छ । झगडा नियन्त्रणमा लिने क्रमको भिडियो नै अहिले सामाजिक सञ्जालमा फैलिएको हो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।