नेपाल राष्ट्र बैंकले आज कात्तिक ३० गते सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
जसअनुसार आज लगातार दोस्रो दिन अमेरिकन डलरको भाउ स्थिर बसेको छ। आज पनि हिजो आइतबारजस्तै अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ।
यस्तै चाइनिज युआन, साउदी रियाल, मलेसियन रिंगेट, कुवेती दिनार, हङकङ र ओमानी रियालको विनिमयदर पनि स्थिर अर्थात् आइतबारकै कायम छ।
युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्विस फ्रांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र स्विडिस क्रोनरको मूल्य भने आइतबारभन्दा सोमबार घटेको छ।
जापानिज येन, कतारी रियाल र बहराइन दिनारको भाउ भने हिजोभन्दा आज बढेको छ।
आज थाई भाट यूएई दिराम र यूएई दिरामको भने खरिददर घटाइएको छ तर बिक्रीदर स्थिर राखिएको छ।
अनि साउथ कोरियन वनको खरिददर बढ्दा बिक्रीदर स्थिर छ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क १ को खरिददर १७९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८० रुपैयाँ ०९ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर १ को खरिददर १०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ३० पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिददर ४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४ रुपैयाँ ४६ पैसा, यूएई दिराम १ को खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा, स्विडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५ रुपैयाँ र डेनिस क्रोनर १ को खरिददर २२ रुपैयाँ १९ पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आज हङकङ डलर १ को खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार १ को खरिददर ४८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा, बहराइन दिनार १ को खरिददर ३९९ रुपैयाँ ०७ पैसा बिक्रीदर ४०० रुपैयाँ ६६ पैसा, ओमनी रियाल १ को खरिददर ३९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४३ पैसा छ।
सूचीमा हेर्नुहोस् आजको विनिमयदर
