युरोको मूल्य बढ्दा आज अरु अधिकांश मुद्राको भाउ निरन्तर घट्दो

युरोको मूल्य बढ्दा आज अरु अधिकांश मुद्राको भाउ निरन्तर घट्दो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ मंसिर २०८३
  • 247
    Shares

काठमाण्डौ, ३ मंसीर २०८३।

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकन डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइनसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरोसहित केही मुद्रा भने महँगिएका छन्। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर १ को खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा छ। हिजो अमेरिकन डलर १ को खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा थियो। 

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी युरो १ को खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा छ। हिजो युरो १ को खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २१ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३२ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर ९९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०० रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा थियो। 

आज कुवेती दिनार १ को खरिददर ४८२ रुपैयाँ १० पैसा र बिक्रीदर ४८४ रुपैयाँ ०५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४८३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ९८ पैसा थियो। 

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९४ रुपैयाँ ८८ पैसा बिक्रीदर ३९६ रुपैयाँ ४७ पैसा छ। हिजो  बहराइन दिनार १ को खरिददर ३९५ रुपैयाँ ५२ पैसा बिक्रीदर ३९७ रुपैयाँ ११ पैसा थियो। 

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। 

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ। 

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया
सम्बन्धित समाचार