पोखरा , ३ मंसीर २०८३।
पोखरामा ज्वेलर्सबाट सुनको गहना चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ परेकी छिन।
पोखराको मोहरिया टोलस्थित यशोदा ज्वेलर्सबाट तिलहरी चोरी गरेको आरोपमा प्रहरीले एक विदेशी महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ग्रिस देशकी नागरिक ६६ वर्षीया KALLIPI STEFANOU रहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, अभियुक्ताले गएको कार्तिक २९ गते अन्दाजी बिहान ११:३० बजे पोखरा महानगरपालिका वडा नं. २ मोहरिया टोलस्थित यशोदा ज्वेलर्सबाट तिलहरी चोरी गरेर भागेकी थिइन्
इक्त सुचना पाएको प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दै जाँदा गएको मंगलबार अन्दाजी साँझ पांच बजे पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनस्थित पन्थी गल्लीबाट ती महिलालाई नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ। ।
प्रहरीका अनुसार, राहदानी नम्बर AY3710083 रहेकी निजले भिरेको झोलाबाट रातो पोते सहितको तिलहरी थान-१ बरामद भएको छ। बरामद भएको तिलहरी पसल सञ्चालकले समेत सनाखत गरेका छन्।
पक्राउ परेकी महिलालाई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनाले सबै विदेशी पर्यटक नेपाल घुम्न मात्र आउँदैनन्, कोही लुटपाट र चोरी गर्न पनि नेपाल आउने गर्छन् भन्ने तथ्य सार्वजनिक भएको छ। पर्यटकीय शहर पोखरामा पछिल्लो समय सुन पसलहरुलाई लक्षित गरी हुने यस्ता घटनाले व्यवसायीमा त्रास बढाएको छ।