काठमाडौं , ८ भदौ २०८३ ।
भारतको लखनउमा एक नेपाली युवासहित दुई जना अबैध १० किलो सुनसहित समातिएका छन्।
भारतको लखनउमा एक नेपाली युवासहित दुई जना अबैध १० किलो सुनसहित समातिएका छन्।
भेजा गाडीमा दिल्लीतर्फ अबैध १० किलो सुन लैजाँदै गर्दा एक नेपाली युवासहित दुई जना भारतको लखनउमा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा नेपाल घर भएको बताइएका सरोज पन्थ र भारतको महाराजगन्जका सन्दिप जयश्वाल रहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट बरामद भएको सुनको भारतीय बजार भाउ अनुसार १५ करोड ३९ लाख रुपियाँ अर्थात् २४ करोड ६२ लाख ४० लाख नेपाली रुपियाँ रहेको भारतीय प्रहरीले दाबी गरेको छ।
उनीहरुलाई कानूनी कारबाहीका लागि भन्सार अधिकारीको जिम्मा लगाइएको त्यहाँस्थित प्रहरीले जनाएको छ।