पोखरामा अवैध तरीकाले बालुवा उत्खननमा प्रयोग भएको मिनी टिप्पर प्रहरी नियन्त्रणमा

पोखरामा अवैध तरीकाले बालुवा उत्खननमा प्रयोग भएको मिनी टिप्पर प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ भाद्र २०८३
  • 1.1K
    Shares

पोखरा, ८ भदौ २०८३।

कास्कीको पोखरा महानगरपालिका–१९ धावापुरमा अवैध रूपमा प्राकृतिक सम्पत्ति दोहन (बालुवा उत्खनन) भइरहेको अवस्थामा प्रहरीले मिनी टिप्पर नियन्त्रणमा लिएको छ।

आइतबार बिहान करिब ५ः३० बजे अवैध रूपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले धावापुरस्थित उक्त स्थानबाट अबैध तरीकाले बालुवा लोड गरिरहेको ग २ क ९२४ नम्बरको मिनी टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको मिनी टिप्परलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएकोमा महानगरपालिकाले उक्त सवारीसाधनलाई रु. १२ हजार जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ।

प्रहरीले प्राकृतिक स्रोतको अवैध उत्खनन तथा दोहन नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया