गल्याङमा बोलेरो जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चालकसहित १० जना घाइते

गल्याङमा बोलेरो जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चालकसहित १० जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ भाद्र २०८३
  • 1.1K
    Shares

स्याङ्जा, ८ भदौ २०८३।

स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।

गल्याङबाट गल्याङ नगरपालिका–९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप सोमबार साँझ करिब ५ः४५ बजे उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाएर पल्टिन गई दुर्घटनाग्रस्त हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने चालकसहित १० जना घाइते भएका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते १० जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

जिपमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन। मृतक तथा घाइतेहरूको परिचयसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने दुर्घटनाको कारणबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया