चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु : मृतकहरुको सनाखत हुन बाँकी

चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु : मृतकहरुको सनाखत हुन बाँकी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ भाद्र २०८३
  • 1.1K
    Shares

चितवन, ६ भदौ २०८३।

चितवनको खैरहनीमा आज बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल शनिबार दिउँसो करिब १२ः३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्दाजी ३२ वर्षीय पुरुष मोटरसाइकल चालक र पछाडि सवार महिलालाई तत्काल उपचारका लागि अस्पताल लगिएकोमा दुवै जनाको अस्पतालामा उपचारका क्रममम मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु भएका दुवै जनाको पहिचान खुल्न बाँकी रहेको पनि प्राप्त समाचारमा जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले दिएको जानकारी अनुसार , प्रहरीले बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया