विजयपुर खोलाले बगाएका दुईमध्ये एक बालक मृत भेटिए, अर्काको खोजी जारी

विजयपुर खोलाले बगाएका दुईमध्ये एक बालक मृत भेटिए, अर्काको खोजी जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ भाद्र २०८३
  • 1.3K
    Shares

bijayapur khoji-rescue

पोखरा , २ भदौ २०८३।

विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई बालकमध्ये एकजना तीन दिनपछि मृत भेटिएका छन् भने अर्का बालकको कोजी जारी रहेको छ।

पोखरा महानगरपालिका–१४ छिनेडाँडाका १४ वर्षीय निक्सन गुरुङको शव मंगलबार दिउँसो घटनास्थलबाट करिब १.५ किलोमिटर तल पोखरा–१४ चाउथेस्थित गोरखा भिलेज पछाडिको खोचमा फेला परेको हो।

भत्किएको पर्खालको रडमा अड्किएको अवस्थामा शव भेटिएपछि एक्साभेटरको सहायताले निकालिएको प्रहरीले जनाएको छ। शवको पहिचान मृतकका हजुरबुबा फत्तबहादुर गुरुङले गरेका छन्। पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको छ।

साउन ३० गते दिउँसो पोखरा–२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा निक्सनसहित १५ वर्षीय ओमन राईलाई भेलले बगाएको थियो। खोटाङ घर भई पोखरा–१४ चाउथेमा बस्दै आएका ओमनको अवस्था भने अझै अज्ञात छ।

बेपत्ता बालकको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको थियो। गोताखोर, रोप रेस्क्यु तथा ड्रोनको समेत प्रयोग गरी खोजी गरिएको कास्की प्रहरीले जनाएको छ।

गहिरो खोच र भग्नावशेषमा शव अड्किएका कारण निक्सनको शव निकाल्न कठिन भएको सुरक्षाकर्मीले बताएका छन्। ओमन राईको खोजी भने अझै जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया