गोरु काटेको अभियोगमा २ जना पक्राउ !

गोरु काटेको अभियोगमा २ जना पक्राउ !


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ मंसिर २०७३
  • 8.8K
    Shares

गोरु काटेको अभियोगमा प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिरी नगरपालिका-५ नाबुक टोलका ३८ वर्षीय फुर्वा शेर्पा र ६० वर्षीय पल्दे शेर्पा छन् ।

स्थानीयवासीले दिएको सूचनाका आधारमा राति ८ बजे उनीहरुलाई गोठमा मासु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायब निरीक्षक मोहनप्रसाद आचार्यले जानकारी दिए ।  प्र

हरीले घटनास्थलबाट ४० किलो गोरुको आलो मासु बरामद गरेको छ । बरामद गरिएको मासु स्थानीयवासीको रोहबरमा आज नष्ट गरिएको छ ।  अभियुक्तले गोरु जिउँदो नभई बिरामी भएर आफैँ मरेको र मासु खानका लागि काटिएको बताएका छन् ।

प्रतिक्रिया