जेन जी आन्दोलनमा पकली प्रहरीको हिरासतबाट भागेका थुनुवा रामेछापमा जबरजस्ती करणी मुद्दामा फेरि पक्राउ

जेन जी आन्दोलनमा पकली प्रहरीको हिरासतबाट भागेका थुनुवा रामेछापमा जबरजस्ती करणी मुद्दामा फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ भाद्र २०८३
  • 1.6K
    Shares

ramechhap police, जिल्ला प्रहरी कार्यालय रामेछाप

काठमाडौँ, ९ भदौ २०८३ ।

जेन जी आन्दोलनका क्रममा सुनसरीस्थित इलाका प्रहरी कार्यालय पकलीको हिरासत कक्षबाट भागेका एक जना अभियुक्त फेरि जबर्जस्ती करणी मुद्दामा रामेछापमा पक्राउ परेका छन्।

जेन जी आन्दोलनका क्रममा सुनसरीस्थित इलाका प्रहरी कार्यालय पकलीको हिरासत कक्षबाट भागेका रामेछाप नगरपालिका वडा नं ४, तिलबारी निवासी प्रेम बिसुङ्खेलाई प्रहरीले जबर्जस्ती करणी मुद्दामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार , अभियुक्त बिसुङ्खेले गत भदौ २ गते बेलुका करिब ४ः३० बजे रामेछापकी एक ६१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार भएका थिए । उनलाई भदौ ३ गते दिउँसो २ बजे रामेछाप नगरपालिका वडा नं ४, तिलबारीमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए । उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत रामेछापबाट म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

अभियुक्त बिसुङ्खे जेनजी आन्दोलनको समयमा सुनसरीको इलाका प्रहरी कार्यालय पकलीको हिरासत कक्षबाट भागेका प्रहरीले जानकारी दिएको छ। चोरी मुद्दाको अनुसन्धानका क्रममा पकली प्रहरीको हिरासतमा रहेका बेला जेन जी आन्दोलन भएको र त्यही मौका छोपेर उनी हिरासतबाट भागेको प्रहरीको जिकिर छ।

प्रतिक्रिया