पर्वतमा १० तोला सुनका गरगहना चोरी : संलग्न युवा गरगहनासहित पक्राउ

पर्वतमा १० तोला सुनका गरगहना चोरी : संलग्न युवा गरगहनासहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ भाद्र २०८३
  • 817
    Shares

parbat sun chor, पर्वतमा सुन छोरि

पर्वत, ९ भदौ २०८३ ।
पर्वतको मोदी गाउँपालिकाबाट करिब १० तोला सुनका गरगहना चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले चोरी भएको सुनका गरगहनासहित मोदी गाउँपालिका–५ बाजुङका करिब ३० वर्षीय खड्कबहादुर कुँवरलाई पक्राउ गरेको हो।

मोदी गाउँपालिका–२ पातिचौरस्थित देउराली होटलका सञ्चालक दिनेशकुमार पुनको घरको सुत्ने कोठाबाट विभिन्न सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ। घरबाट करिब १० तोला सुन चोरी भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा ६ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले घटनाबारे अनुसन्धान तथा खोजतलास गर्ने क्रममा मोदी गाउँपालिका–६ उपल्लो डिमुवाबाट कुँवरलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट चोरी भएका करिब १० तोला सुनका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया