बालिका गरिमा चौधरीको बलात्कारपछिको हत्यामा आरोपीको भिडिओ खिचेर सार्वजनिक गर्ने प्रहरी हवल्दार पक्राउ

बालिका गरिमा चौधरीको बलात्कारपछिको हत्यामा आरोपीको भिडिओ खिचेर सार्वजनिक गर्ने प्रहरी हवल्दार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ भाद्र २०८३
  • 912
    Shares

पोखरा, ९ भदौ २०८३।

बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछिको हत्यामा आरोपीको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा एक जना प्रहरी हवलदार पक्राउ परेका छन् । पक्रा’उ पर्नेमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विक रहेको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

अहिले प्रहरी हवल्दार विकालाई प्रहरी हिरासतमा राखिएको एसपी कुँवरले दाबी गरे । उनलाई फौजदा’री कसुरमा नै कारबाही अघि बढाउने तयारी भएको छ ।

बाराका प्रहरी प्रमुख एसपी कुंवरले दिएको जानकारी अनुसार , प्रहरी हवल्दार बिकले पक्राउ परेका अभियुक्तलाई अस्पताल लैजाने क्रममा उनीसंग लिएको भिडियो उनले एक जना साथीलाई सामाजिक संजालमार्फत शेयर गरेको र त्यसपछि उक्त भिडियो भाइरल भएको बताइएको छ।

आरोपितको अनुसन्धान चलिरहेको बेलामा प्रोटोकल बाहिर गएर खिचेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । अनुसन्धानका क्रममा रहेका किशोरको बयान कक्षभित्रै खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाबारे छानबिन थालेको थियो। भिडियोमा हतकडी लगाइएका किशोरले घटनाबारे विवरण दिइरहेको देखिन्छ।

भिडियोमा पाँच जनासम्म प्रहरी देखिएको र अन्य प्रहरीको भूमिकाबारे समेत अनुसन्धान भइरहेको बताइएको छ। अनुसन्धानका क्रममा रहेको नाबालिग आरोपितको बयानजस्तो संवेदनशील सामग्री अनधिकृत रूपमा सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र गोपनीयतामाथि समेत प्रश्न उठेको छ।

भिडिओ बाहिरिएसँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ । भिडिओ खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया