पोखरा , ७ मंसिर २०८३।
प्रदेश सभापति र महामन्त्री पदमा निर्बिरोध निर्वाचित गर्ने निर्णयबाट नेपाली कांग्रेस गण्डकीको दोश्रो प्रदेश्स्तारीय भेला पछि हटेको छ।
पूर्व प्रधानमन्त्री एबम पार्टी सभापति शेर बहादुर देउबाले भेला उद्घाटन गरे लगत्तै बिना प्रक्रिया पार्टीको गण्डकी प्रदेश समिति सभापतिमा मेखलाल श्रेष्ठ र महामन्त्री पोषनाथ शर्मालाई निर्बिरोध घोषणा गरिएकोमा बिरोध शुरु भएको समाचार जनसञ्चार डट कमले प्रकाशन – प्रशारण गरेपछि नेपाली कांग्रेस गण्डकीको दोश्रो प्रदेश्स्तारीय भेला उक्त निर्णयबाट पछि हटेको हो।
पार्टीका प्रदेश सभापतिमा श्रेष्ठ र महामन्त्रीमा पौडेललाई निर्बिरोध निर्वाचित भएको घोषणा गरिएपछि पार्टीकै केन्द्रीय सदस्य किरण पौडेलले त्यसको बिरोध गर्दै उक्त निर्णय खारेज गरेर नयाँ प्रक्रिया शुरु गर्न माग गरेका थिए। पार्टी केन्द्रीय सदस्य पौडेलको भनाईलाई उद्धृत गर्दै जनसञ्चार डट कमले समाचार प्रकाशन – प्रशारण गरेको थियो।
उक्त समाचार प्रकाशन भए पछि आइतबार जारी भेलाले पार्टी सभापति र महामन्त्रीमा निर्बिरोध निर्वाचित गर्ने निर्णय खारेक्ज गर्दै सबै पदमा उम्मेदवारी दिन एक घण्टा समय दिएको थियो। उक्त अवधिमा पनि कांग्रेस गण्डकीको सभापति पदमा मेखलाल श्रेष्ठको एक्लो उम्मेदवारी परेको थियो। महामन्त्रीमा एक जना समाबेशी, दुईजना खुल्ला र एक जना मनोनित हुने ब्यबस्था गरिएको छ। एकमहिलासहित तीन जना महामन्त्री निर्वाचित हुनु पर्नेमा निर्बिरोध घोषित कास्कीका पोषनाथ शर्मा लगायत चार जनाको उम्मेदवारी परेको छ। महामन्त्री पदमा पर्बतका मोहन गुरुङ र लमजुङका थिरबाबु परियारले पनि उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको उपसभापति पदमा कास्कीका गंगाधर पराजुली, उमाकुमारी ठकुरी, राजुराज अधिकारी र आशिक गुरुङको उमेदवारी परेको छ भने बागलुङका नरेश कंडेल र ज्ञानेन्द्र गौतम, लमजुङका विष्णुप्रसाद धिताल र राजकुमार पाण्डे, तनहुँका राजेन्द्र प्रकाश घिमिरे र चिजा श्रेष्ठ तथा गोरखाका संजय शिलवालको उमेदवारी पनि उपसभापति पदमा परेको छ।
यसैगरी, सहमहामन्त्री पदमा म्याग्दीका लोकबहादुर मल्ल, गोरखाका दिवसबाबु भट्ट, स्याङ्जाका महेन्द्र श्रेष्ठ (श्री प्रसाद), तनहुँका भक्तबहादुर श्रेष्ठ र इन्द्रप्रसाद पौडेल, बागलुङका उमेश गौतम र नबिन गौतम, नवलपुरका राजु पाण्डे, नारायण प्रसाद पन्त र सतोइश नेउपाने, कास्कीका बाबुराम बस्ताकोटी र लमजुङ्गका प्रकाश नेउपानेको उमेदवारी परेको छ भने कार्यसमितिको सदस्यहरुमा ६४ जनाको उमेदवारी परेकोमा आबश्यकत अनुरुप सहमति कायम गरिएको बताइएको छ। सदस्यहरुको नामावली यस प्रकार रहेको छ।
प्रदेश कार्यसमितिका सभापति र सदस्यहरु निर्बिरोध भैसकेकोले घोषणा भैसकेको तर उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष समेतको पदमा सहमतिको प्रयास सफल हुन नसकेको बताइएको छ।

