झापाकी युवती जापानमा मृत भेटिइन् : देखियो निधारमा चोट

झापाकी युवती जापानमा मृत भेटिइन् : देखियो निधारमा चोट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ भाद्र २०८३
  • 893
    Shares

पोखरा , ४ भदौ २०८३।

झापा घर भएकी एक युवती जापानमा मृत भेटिएकी छिन्।

झापाको चन्द्रगढी–४ की २५ वर्षीया लक्ष्मी राजवंशी जापानको फुकुओका क्षेत्रमा रहेको नाकागावा नदीमा तैरिरहेको अवस्थामा मृत भेटिएकी हुन्। अध्ययनका लागि जापानको फुकुओकामा बस्दै आएकी राजवंशीको निधारमा चोट देखिएको त्यहाँस्थित प्रहरीले जानकारी दिएको छ।

घटनास्थलबाट उनको परिचय खुल्ने कुनै परिचयपत्र वा अन्य सामान भने फेला नपरेको बताइएको छ। युवतीको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रारम्भिक अनुसन्धानमा घटनालाई दुर्घटना वा आपराधिक घटना दुवै कोणबाट हेरिएको बताइएको छ।

नदीमा शव फेला परेपछि जापानी प्रहरीले घटनास्थलको निरीक्षण गर्नुका साथै मृत्युको कारण र घटनाको परिस्थितिबारे थप अनुसन्धान गरिरहेको छ। घटनासँग सम्बन्धित थप विवरण अनुसन्धानपछि खुल्ने अपेक्षा गरिएको छ।

झापा घर भएकी युवतीको जापानमा भएको मृत्युले परिवार तथा आफन्तमा चिन्ता र शोक छाएको छ। उनको मृत्युको वास्तविक कारण र घटनाको पृष्ठभूमि भने जापानी प्रहरीको अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिएको छ।

प्रतिक्रिया