जुरीखेतमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

जुरीखेतमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ मंसिर २०७३
  • 9.7K
    Shares

मकवानपुरको भिमफेदी गाविसको जुरीखेतमा शनिबार कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ च ९२९९ नम्बरको कार जुरीखेतमा भिरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइतेको भिमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया