आफैले जन्माएको नवजात शिशु हत्या आरोपमा पक्राउ

आफैले जन्माएको नवजात शिशु हत्या आरोपमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ कार्तिक २०७३
  • 10.7K
    Shares

पर्बत जिल्ला लिमिठाना–८ चिर्दीखोलास्थित खेतमा गाडीएको मृत अवस्थामा नवजात शिशुको लास

आफैले जन्म दिएको शिशुको हत्या गरेको आरोपमा पर्वत जिल्ला लिमिठाना गाविसकी एक महिला प्रकाउ परेकी छिन् । अवैध सम्वन्धबाट जन्मिएको शिशुको खेतमा गाडी हत्या गरेको आरोपमा लिमिठाना–८ चिर्दीखोलाकी ३१ बर्षिया मिना क्षेत्रीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

क्षेत्रीले अवैध गर्भधारण गरी जन्मेको नवजात शिशुलाई आफ्नै खेतमा लगी गाडेर हत्या गरेकी थिईन । खेतमा गाडीएको मृत अवस्थामा नवजात शिशुको लास भेटेपछि गाउँलेले ईलाका प्रहरी कार्यालय राहालेलाई खवर गरेका थिए ।

क्षेत्रीले बच्चा जन्मिएपछि खाल्डोमा लगेर माटोले पुरी हत्या गरेको प्रहरीसँग स्वीकार गरेकी छिन् । कसको गर्भ बोकेको हो भनेर आरोपीले यकिन गर्न नसकेको प्रहरीले बताएको छ ।मृतक नवजात शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पाताल पर्वतमा ल्याइएको छ । आरोही महिलालाई कर्तव्य ज्यान मुद्धा चलनी गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक शेखर खनालले बताए ।

प्रतिक्रिया