परराष्ट्रमन्त्री महत मन्त्रालयको सिडीमा चिप्लिएर घाइते

परराष्ट्रमन्त्री महत मन्त्रालयको सिडीमा चिप्लिएर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ असोज २०७३
  • 13.3K
    Shares

परराष्ट्रमन्त्री प्रकाशशरण महत

परराष्ट्र मन्त्रालयको सिडीमा चिप्लिएर परराष्ट्रमन्त्री प्रकाशशरण महत सामान्य घाइते भएका छन् । शनिबार हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गोवा भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री महत घाइते भएका हुन् ।

मन्त्री महतको देब्रे खुट्टा मर्किएको छ । महतको खुट्टा मर्किएपछि एक जापानी टिमले फिजियोथेरापी गरिदिएपछि मन्त्री महत पत्रकार सम्मेलनमा सहभागी भएका थिए । मन्त्रीको खुट्टाको उपचारका कारण पत्रकार सम्मेलन आधा घण्टा ढिलामात्र सुरु भएको थियो ।

प्रतिक्रिया