पोखरामा बस ब्याक गर्दा बाटोमुनि खस्यो, १२ घाइते

पोखरामा बस ब्याक गर्दा बाटोमुनि खस्यो, १२ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ असोज २०७३
  • 10.9K
    Shares

पोखराको पुम्दीभुम्दीमा शुक्रबार बिहान बस दुर्घटना हुादा १२ जना घाइते भएका छन् । लुकुनस्वााराबाट पोखरा आउँदै गरेको ग.१ ख. ६७९४ नम्बरको बस पुम्दीभुम्दीको धारापानी चोक नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मध्ये एकजनाको हात भााचिएको र अरुको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखराबाट गइरहेको अर्को एक बसलाई साइड दिन खोज्दा बस पल्टिएको स्थानियबासीले बताएका छन् । सहचालकले बस चलाइरहेको समयमा विपरीत दिशाबाट बस आएको देखेपछि चालकले आफूले बस चलाउँदै साइड दिन खोज्दा बस पल्टिएको यात्रुको भनाइ छ ।

विपरीत दिशाबाट आएको बस साइडमा रोकिए पनि बसका चालकले ब्याक गरेर साइड च्याप्न खोजेका थिए । तर ब्याक गर्ने क्रममा बस हृवात्तै ब्याक हुँदा बस बाटोबाट करीब ३ मिटर तल पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

ब्याक गर्ने क्रममा चालकले मिरर ग्लासको प्रयोग पनि नगरेको र सहचालकसँग सहायता पनि नमागेका कारण दुर्घटना भएको यात्रुले आरोप लगाएका छन् ।

प्रतिक्रिया