विराटनगरमा हाेस्टल सञ्चालककाे विभत्स हत्यामा संलग्न ५ अभियुक्त पुर्पक्षका लागि थुनामा

विराटनगरमा हाेस्टल सञ्चालककाे विभत्स हत्यामा संलग्न ५ अभियुक्त पुर्पक्षका लागि थुनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ असोज २०७३
  • 16.9K
    Shares

होस्टल सञ्चालकको विभत्स हत्यामा संलग्न ५ लाई शुक्रवार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।विराटनगर  उपमहानगर–१३ सिद्धार्थ मार्गमा अक्स्फोर्ड होस्टलका सञ्चालक विनोद यादवको भदौ तेस्रो साता उनीहरुले विभत्स हत्या गरेका थिए ।

होस्टल सञ्चालक विनोद यादवको हत्यामा संलग्न आरोपित राकेशकुमार यादव, कृष्णकुमार यादव र जितेन्द्रकुमार साह
होस्टल सञ्चालक विनोद यादवको हत्यामा संलग्न आरोपित राकेशकुमार यादव, कृष्णकुमार यादव र जितेन्द्रकुमार साह

हत्यामा प्रत्यक्ष रुपमा संलग्न भएको भन्दै जिल्ला अदालतले सिरहाको पिपरा–७ का २२ वर्षीय राकेशकुमार यादव, सिरहा सोठिआइन–५ का  १७ वर्षीय कृष्णकुमार यादव र सप्तरी महुवा–९, दधैलाका १७ वर्षीय जितेन्द्रकुमार साहलाई र अन्य दुईलाई घटनाको जनकार रहेको प्रमाणका आधारमा पुर्पक्ष थुनामा राख्ने आदेश दिएको मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले बताए ।

अक्स्फोर्ड होस्टल
                                           अक्स्फोर्ड होस्टल

अभियुक्तहरुले होस्टल नजिकमा रहेको ओमकार श्रेष्ठको घरमा यादवलाई राति पार्टीमा बोलाएर मदिरा खुवाई हत्या गरी शवलाई तीन टुक्रा बनाएका थिए । प्रहरीका अनुसार हत्याका योजनाकार जितेन्द्र साह हुन् ।

‘हत्याको मूख्य कारण आर्थिक लेनदेन रहेको पुष्टि भयो,’ एसपी भण्डारीले भने, ‘अभियुक्तहरुले सानै उमेरमा गतिलो आर्थिक संकलन गर्ने र मृतक यादवले सञ्चालन गर्दै आएको होष्टल आफ्नो कब्जामा लिन उनको हत्या गरेको पुष्टि भएको छ ।’

यसअघि पनि होस्टल आफ्नो पक्षमा लिन अभियुक्तहरुले पटक पटक यादवको हत्या गर्ने प्रयास गरेको खुलेको छ । ‘थोरै रुपैयाँको लेनदेनमा उनीहरुले यादवको विभत्स हत्या गरेको  पुष्टि भएको हो,’ उनले भने ।

प्रतिक्रिया