सोसल मिडियाको प्रयोग बढेसँगै साईवर क्राईम पनि बढ्दै गहिरहेको छ । जसबाट सेलिब्रेटिहरू बढी असुरक्षित हुने गरेका छन् । आर्थिक प्रलोभन देखाएर ठग्ने देखी चरित्रहत्या गर्ने सम्मका विभिन्न अपराध भै रहेका बेला मोडल भावना गुरुङको फेसबुक, इन्स्टाग्राम सबै एक हप्ता अगाडिबाट ह्यक भएको छ ।
गुरुङको फेसबुकमा पॉच हजार फ्रेण्ड र २४,४६२ जना फलोअर्स थिए । अब ह्यकरले के हर्कत गरिदिने हो भन्ने कुराले गुरुङलाई चिन्तित बनाएको छ । ऊनि भन्छिन मेरा आफन्त र साथीहरू सबैलाई ह्यक भएको जानकारी छैन अब ऊसले के के नचाहिने हर्कत गरिदिने हो थाहा छैन ।
मैले कसैलाई पनि पासवर्ड दिएको छैन तर मलाई लाग्छ मेरा बेस्ट फ्रेण्ड मध्येबाटै भएको हो, म माथि विश्वासघात भयो, तं सेलिब्रेटी बनिस हामीलाई भाऊ दिन छोडिस भन्नेजस्ता म्यासेज धेरै ऑऊथे, कसैले मलाई घमण्डी पनि भन्थे तर मैले घमण्ड कहिल्यै गरिन र ऊनिहरुलाई ईग्नोर पनि गरेको थिइन, तर सबै म्यासेजको रिप्लाई गर्न भने सक्दैनथे, छाडा म्यासेज तथा गालिगलौज गर्ने द्ध जनालाई भने ब्लक गरेकि थिए ।
हाल प्रहरीमा साईवर क्राईममा ऊजुरी दिएकी ऊनि प्रहरीबाट आशावादी थिइन तर तीन चार दिनसम्म पुलिसले पत्ता लगाऊन नसक्दा ऊनि चिन्तित छन् तर प्रहरी भने सजिलै पत्ता लगाऊन सकिने बताऊछन् ।
को हुन भावना गुरुङ ?
काठमाडौं सामाखुशीमा जन्मिएर नेपाली फिल्म तथा मोडलिङ इन्डस्ट्रिमा बिगत आठ वर्षदेखी लागेकी भावनाले दुई दर्जनभन्दा बढी म्युजिक भीडीयो, एक दर्जनको हाराहारीमा टेलिभिजन एड, थुप्रै पेपर तथा पोष्टर एड गरिसकेकी छन् भने दुई चलचित्र प्रदर्शनमा आऊन लागेका छन् ।
हाल ऊनि नयॉ एक्सन मुभी गर्ने तयारीमा फाईट क्लास लिन लागेको बताऊछिन् । ऊनले गरेका म्यूजिक भिडियोहरुमा कथाले मागेपछि, प्रमोद खरेलको तिमीलाई मायॉ गरें, इन्दिरा जोशीको मेरो चुल्ठिमा लगाएत चर्चित बनेका थिए भने अम्बे सीमेन्ट, टुवोर्ग वियर, महेन्द्रा स्कूटर, स्लीम टी लगाएतका एड्भटिज्मेन्टले ऊनलाई चर्चामा पुर्याएको थियो ।
उनी अभिनित चलचित्र ,स्वर्ग मेरो गॉऊ , पोस्ट प्रोडक्सनको क्रममा छ । ऊनि देश तथा बिदेशमा स्टेज शोमा डान्स तथा फेसन शोमा शोस्टपर र कोरियोग्राफर रुपमा समेत ब्यस्त रहन्छिन् ।
कसरी हुन्छ साईबर क्राईम ? के छ कानूनी ऊपचार ?
अधिकांश साईवर अपराधको बारेमा मान्छे अनविज्ञ हुन्छ । अपराध भैरहेको थाहा पाए पनि मानिसहरू रिपोर्ट गर्न हिचकीचाउछन् । नेपालको सन्दर्भमा हेर्ने हो भने साईवर अपराध अन्तरगत कुनै घटना घट्यो भने त्यो राज्यपक्षको घटना हुन्छ र त्यसको उजुरी प्रहरीमा गरिन्छ ।
प्रहरीमा गैसकेपछि प्रहरीले त्यसलाई सरकारवादी मुद्धाको रुपमा अध्ययन गर्छ । केसको प्रकृति हेरी सरकारी वकिलको कार्यालयसँग छलफल गरेर रिपोर्ट बनाएर अदालतमा पेस गर्ने गर्दछ । र कारबाहीको प्रकृया अगाडि बढाउँछ ।
नेपालमा प्रचलित साईवर कानून भनेको विद्युतीय कारोबार ऐन २०६३ हो । यस कानूनले न्यायधिकारको अबधारणालाई स्वीकार गरेको छ । एकपटक जाहेरवालाले प्रहरीमा उजुर गरेपछि व्यक्तिगत रुपमा ऊ मुक्त हुन्छ र यो प्रकृया सरकारले नै अगाडि बढाउँछ । यसको दण्ड जरिवान तीन किसीमको हुन्छ ।
एउटा भनेको कुनै पक्ष सूचना प्रविधिको आक्रमणबाट उसको सूचना–सम्पदाहरू नोक्सान भयो भने त्यस्तो अवस्थामा त्यसबाट भएको नोक्सानी पीडकबाट क्षतीपूर्ति भराउने व्यवस्था छ, अर्को भनेको अनलाईमा कुनै अश्लिल प्रकाशन गर्यो भने त्यसलाई पहिलो पटक पाँच वर्ष जेल सजाए अथवा एकलाखसम्मकोजरिवाना वा दुवै, र फेरि पनि त्यस्तै कार्य दोहोर्याएमा त्यसको डेढी सजाए दिने व्यवस्था छ ।
त्यस्तै अर्को देवानी प्रकृतिको मुद्धामा पनि जेल सजाए छ जस्तै कसैले कसैको सूचना चोरी गर्यो भने, सूचना नष्ट गर्यो भने कसैको सिस्टम ह्याक गर्यो भने त्यस्तो अवस्थामा तीन लाखसम्म जरिवाना र अधिकतम दुई वर्षसम्मको जेल सजाएको व्यवस्था गरिएको छ । थाहा पाएको ३५ दिनभित्र उजुरी गर्नु पर्छ ३५ दिनभन्दा पछि उजुरी गर्यो भने त्यो मान्य नहुने प्रावधान छ ।