विवाह नगरी बच्चा जन्माउने इच्छा गरेकी अभिनेत्री नम्रता सापकोटाले गरिन् विवाह

विवाह नगरी बच्चा जन्माउने इच्छा गरेकी अभिनेत्री नम्रता सापकोटाले गरिन् विवाह


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ फाल्गुन २०८२
  • 5.6K
    Shares

पोखरा, १५ फागुन २०८२।

अभिनेत्री तथा मोडल नम्रता सापकोटाले विवाह गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत विवाहको फोटो सार्वजनिक गर्दै भगवानले गरेको वाचा पूरा भएको उल्लेख गरेकी छन्।

काठमाडौंस्थित निजी निवासमा ओजस नामका युवकसँग उनले विवाह गरेकी हुन्। कार्यक्रममा दुवै पक्षका सीमित परिवारका सदस्य मात्र सहभागी थिए।

विवाहमा नम्रताले लालीगुराँस अंकित परम्परागत पहिरन र शिरमा शिरफूल लगाएकी थिइन् भने उनका श्रीमान् शेरवानीमा देखिएका छन्। यसअघि उनले मेहन्दी समारोहको तस्वीर पोस्ट गर्दै विवाहको संकेत दिएकी थिइन्।

२०७८ सालमा उनले विवाह नगरी बच्चा जन्माउने इच्छा व्यक्त गरेकी थिइन्, जसले चर्चा पाएको थियो। नम्रता पछिल्लोपटक फिल्म ‘नम्बरी सुन’मा देखिएकी थिइन्। उनले सन् २०१३ को ‘अन्तराल’बाट फिल्म यात्रा सुरु गरेकी हुन्। ‘छक्का पञ्जा’ उनको चर्चित फिल्ममध्ये एक हो।

प्रतिक्रिया