पोखरा , २६ साउन २०८३।
पोखराको हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।
घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने अर्को एक जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका म्याग्दीको धौलागिरी गाउँपालिका–२ लुलाङका १६ वर्षीय अनिल विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानाकारी दिएको छ।
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक म्याग्दीको धौलागिरी गाउँपालिका–२ लुलाङका १८ वर्षीय दिनेश वि.क. घाइते भएका छन्। उनको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेको छ। हल्का बोल्न सक्ने अवस्थामा रहेका उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
मोटरसाइकलको पछाडि सवार सोही स्थानका १६ वर्षीय अनिल विकको टाउकोमा चोट लागेको थियो। दुर्घटनापछि उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा लगिएकोमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घाइते चालक दिनेश र पछाडि सवार अनिललाई घटनास्थलबाट तत्काल उद्धार गरी अस्पताल पठाइएको थियो। दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोष्ट हेम्जाको नियन्त्रणमा रहेको छ।