बाँकेको कोहलपुरमा ज्योतिष सेवाको नाममा अबैध लागू औषध अफिमको कारोबार : दुई जना पक्राउ

बाँकेको कोहलपुरमा ज्योतिष सेवाको नाममा अबैध लागू औषध अफिमको कारोबार : दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ भाद्र २०८३
  • 760
    Shares

afim कारोबारी ज्योतिष

नेपालगञ्ज, २ भदौ २०८३ ।

बाँकेको कोहलपुरमा ज्योतिष सेवाको नाममा अबैध लागू औषध अफिमको कारोबार गरेको भेटिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराती कोहलपुर नगरपालिका–६ स्थित एक ज्योतिष कार्यालयमा गरेको संयुक्त कारबाहीमा त्यस्तो तथ्य भेटिएको हो।

उक्त ज्योतिष कार्यालयमा प्रहरीले गरेको कारबाहीमा उक्त ज्योतिष कार्यालयबाट १४ किलो सातसय ६० ग्राम अफिमको चोप र दुई थान मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरिले पक्राउ गरेको अभियुक्तहरुमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ गिरी रहेको बताइएको छ।

पक्राउ गर्न खोज्दा उनीहरू भाग्न खोजेपछि रोक्न चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरिएको प्रहरीको दाबी छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको छ।

प्रतिक्रिया