अमेरिका भास्सिए माग्ने बुढा : किराना पसलमा काम गरिरहेको गरे भिडियो सार्वजनिक

अमेरिका भास्सिए माग्ने बुढा : किराना पसलमा काम गरिरहेको गरे भिडियो सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ बैशाख २०८३
  • 1.2K
    Shares

पोखरा, २२ बैशाख २०८३।


नेपाली फिल्मी जगतमा ‘माग्ने बुढा’को नामले परिचित केदारप्रसाद घिमिरे अमेरिका भास्सिएका छन्।
केही समय यता आफ्नो सामाजिक संजालमा उनले अमेरिकाका विभिन्न स्थानहरुमा बनाइएका आफ्ना निजि अनुभव र सामाजिक उत्प्रेरणा मिल्ने खालका भिडियोहरु रिलका रुपमा सार्वजनिक गर्ने गर्दछन्।
यसैबीच उनले आफ्नो सामाजिक संजालमा आफु किराना पसलमा काम गरिरहेको भिडियो सार्वजनिक गरेका छन्। आफैले गाएको गीतमा तयार गरिएको त्यस भिडियोमा उनले अमेरिका छिरेका नेपालीको अनुभव शेयर गरेका छन्।

नेपालमा जता गयो उतै हाई हाई थियो फोटो खिच्नेको लाइन नै लाग्ने गरेको थियो। तर अहिले परिस्थिति फेरिएको छ। माग्ने बुढा यतिबेला सधैंको लागि नेपाल छोडेर अमेरिकातिर लागेका छन् र त्यहाँ उनले स्थायी बसोबासको लागि ग्रीन कार्डको लागि निबेदन समेत पेश गरिसकेको बताइएको छ।
चलचित्र ‘माग्ने राजा’ अपेक्षाअनुसार सफल हुन नसकेपछि केही समयका लागि फिल्म क्षेत्रबाट टाढा रहने भन्दै अमेरिका गएका उनी अब त्यहीँ स्थायी बसोबास गर्ने तयारीमा रहेको खबर बाहिरिएको छ। यदि उनले ग्रीन कार्ड प्राप्त गरे भने, उनी सधैंका लागि अमेरिकामै बस्न सक्ने सम्भावना देखिएको छ।
उता नेपाल छोडेर अमेरिका गएको भन्दै धेरैले माग्ने बुढाको आलोचना गरिरहेका छन्। नेपालमा निकै शानसँग बसेको मान्छे अमेरिकामा आएर यस्तो साधारण किराना पसलमा काम गर्न नसुहाएको उनीहरुको तर्क छ।
कतिपयले आलोचना गरे पनि धेरैले भने मेहनत सधैं सम्मानजनक हुन्छ भन्दै उनको समर्थन गरेका छन्।

😮

प्रतिक्रिया