पोखरा , १ भदौ २०८३।
जाजरकोटमा कुटेर एक जना औषधि व्यवसायीको कुटेर हत्या गरेको आरोपमा पांच जना युवा पक्राउ परेका छन्।
दैलेख नारायण नगरपालिका–२ घर भै हाल जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपककुमार थापाको हत्या गरेको आरोपमा पांच जना युवा पक्राउ परेका हुन्।
औषधि ब्यबसायी थापाको हत्यामा संलग्न रहेको आरोपमा भेरी नगरपालिका–८ का ३३ वर्षीय वीरेन्द्र खत्री तथा भेरी नगरपालिका–९ का २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय विनोद गोसाईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएको साउन २५ गते राति करिब ९ बजे नुवागाउँमा उनीहरु समेतले औषधि ब्यबसाय्यी दीपककुमार थापालाई हात मुक्का समेतले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । त्यति बेला उनको उद्धार गरी उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित मिशन अस्पताल पुर्याइएकोमा त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि नेपालगन्जस्थित केयर सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा गएको बिहिबार बिहान पाख करिब १ः२० बजे मृत्यु भएको प्रहरीले बताएको छ।
पक्राउ परेका उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूलाई जाजरकोट जिल्ला अदालतबाट पहिलोपटक १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।