प्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि आईसीयूमा भर्ना

प्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि आईसीयूमा भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ चैत्र २०८२
  • 2.9K
    Shares

पोखरा , २९ चैत २०८२।

प्रसिद्ध भारतीय गायिका आशा भोस्लेलाई मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन।

उनको अहिले मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना भैरहेको भारतीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन्ग।

९२ वर्षीया भोस्ले पछिल्लो केही महिनादेखि अस्वस्थ रहँदै आएकी थिइन्। अस्पताल स्रोतका अनुसार अहिले उनको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमले जनाएका छन्। 

उनको स्वास्थ्य अवस्थाबारे परिवारले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। भारतीय संगीत क्षेत्रकी दिग्गज गायिका भोस्लेले ८ दशकभन्दा लामो करिअरमा हजारौं गीत गाएकी छन्।

उनले थुप्रै कालजयी र सुमधुर नेपाली गीतमा समेत स्वर दिएकी छन्। 

प्रतिक्रिया