पोखरा, ३० साउन २०८३।
पोखरा महानगरपालिकाको सेती नदीदेखि पृथ्वीचोकसम्म रहेको ११ केभी एचटी लाइनमा अत्यावश्यक मर्मतसम्भार गर्न शनिबार विद्युत् आपूर्ति बन्द गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्र, मालेपाटनका अनुसार मर्मतसम्भारका लागि शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म एअरपोर्ट र बैदाम फिडरबाट विद्युत् आपूर्ति बन्द गरिनेछ।
एअरपोर्ट फिडरअन्तर्गत पृथ्वीचोकदेखि दक्षिणतर्फ मुस्ताङचोक, बिरौटाचोक, सिर्जनाचोक, रत्नचोक, राष्ट्र बैंकचोक तथा ड्यामसाइड क्षेत्र प्रभावित हुनेछन्।
त्यस्तै, बैदाम फिडरअन्तर्गत जिरो किलोमिटर, जरेवर, नारेस्वर, हल्लनचोक, १७ नम्बर स्ट्रिट, डिहिकोपाटन, खहरे र सेदी क्षेत्रको विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मर्मतसम्भार कार्य निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार चाँडै सुचारु गरिने जनाएको छ।
विद्युत् सेवा बन्द हुँदा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले सम्पूर्ण ग्राहकमा क्षमायाचना गरेको छ।