काभ्रेमा बोलेरो जीप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

काभ्रेमा बोलेरो जीप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ भाद्र २०८३
  • 874
    Shares

bolero jeep accident

काठमाडौं,२ भदौ २०८३।

काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा बा १८ च २४२ नम्बरको बोलेरो जीप दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर खानीखोला गाउँपालिका–२ की २४ वर्षीया अनिता मोक्तान र खानीखोला गाउँपालिका–४ का ६१ वर्षीय कलकबहादुर माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घाइते चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइएको छ। घाइतेमध्ये भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का २५ वर्षीय राहुल र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ का ५७ वर्षीय भलपति ढकालको अवस्था गम्भीर रहेको छ।

त्यस्तै, खानीखोला गाउँपालिका–३ का २४ वर्षीय प्रदीप जर्घामगर र वडा नं. ५ का ४८ वर्षीय बहुतमान रुम्बाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया