गएराती बाँकेको कोहलपुरमा प्रहरीले गर्यो हवाई फायर : साढे १४ किलो अफिमसहित दुई जना पक्राउ

गएराती बाँकेको कोहलपुरमा प्रहरीले गर्यो हवाई फायर : साढे १४ किलो अफिमसहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ भाद्र २०८३
  • 950
    Shares

नेपालगञ्ज, २ भदौ २०८३ ।

लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा बाँकेको कोहलपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराती कोहलपुर नगरपालिका–६ मा अफिमको कारोबार भइरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, पक्राउ गर्न खोज्दा उनीहरू भाग्न खोजेपछि रोक्न चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि प्रहरीले रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ गिरीलाई पक्राउ गरेको जनाएको छ।

उनीहरूको साथबाट १४ किलो सातसय ६० ग्राम अफिमको चोप र दुई थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको छ।

प्रतिक्रिया