बर्दियामा हात्ती आक्रमण – एक जनाको मृत्यु, दुई घाइते

बर्दियामा हात्ती आक्रमण – एक जनाको मृत्यु, दुई घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ पुष २०७३
  • 9.5K
    Shares

बर्दिया, १३ पुस ।

बर्दियाको पर्सनीपुरमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । ज्यान गुमाउनेमा २६ वर्षिया विमला परियार रहेको प्रहरीले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरर्निया वाइल्डलाइफ सेन्टरको बिचबाट आएका तीन वटा हात्ती गाउँमा पसेका हुन् । हात्तीको आक्रमणबाट घाइते भएका निर्मलल सिंह ठकुरी र रामप्रसाद लामिछानेलाई उपचारको लागि नेपालगञ्ज पठाइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सुरक्षाकर्मीले हात्ती नियन्त्रणको प्रयास गरिरहेका छन् । हात्तीले पशुचौपाय पनि मारेका छन् । क्षतिको विवरण आउन बाँकी छ । हात्ती गाउँमा पसेपछि स्थानीयबासिन्दा त्रसित भएका छन् ।

प्रतिक्रिया