निर्मलपोखरीबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १४ घाइते, ४ गम्भीर

निर्मलपोखरीबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १४ घाइते, ४ गम्भीर


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ पुष २०७३
  • 8.2K
    Shares

काठमाडौं, १२ पुस ।

कास्कीको निर्मलपोखरीबाट पोखरा आँउदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

मंगलबार बिहान क्याम्पसका विद्यार्थी लिएर आउने बस पोखरा २३ शिवालयमा फर्काउने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ। बस करिब ३ सय मिटर तल जंगलमा पुगेको छ।

घाइतेहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ।

प्रतिक्रिया